बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
बीपी स्मृति दिवस

कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

बिहीबार, ०७ साउन २०८३, १७ : ०९
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा ‘एनसी फर एनसी’ नामक नयाँ अभियान घोषणा गरेको छ ।
  • राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् ।
  • यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसरमा सुरु हुनेछ ।

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् । 

यसको उद्देश्य नेपाली कांग्रेस फर नेशनल कज हुने बताए ।  यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसर पारेर सुरुवात गरिने थापाले बताए।

एनसी फर एनसी अभियानले ४ वटा क्लस्टरमा काम गर्ने सभापति थापाले बताए । ती चार कलस्टरमध्ये पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदान लगायत विषयमा प्रण गर्ने काम गर्नुपर्ने थापाले बताए । दोस्रोमा वैयक्तिक सहयोग अभियानमा सहभागी हुने, तेस्रोमा नागरिक अभियानमा लाग्ने र चौथोमा सुशासन अभियानमा लाग्ने गरी अभियान सञ्चालन गरिने सभापति थापाको भनाइ थियो । यो सबैले अनिवार्य गर्नुपर्ने नभई स्वेच्छिक रहेको थापाले बताए । 

पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न अभियानको सुरु गर्न लागिएको थापाको भनाइ छ । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने रहेको उनले बताए। 

आजदेखि भदौ २४ गतेसम्म सबैले आफू सहभागी हुने र आफूले सञ्चालन गर्ने अभियानबारे सोच्ने र भदौ २४ गते बीपी जयन्तीका दिन प्रण गर्दै घोषणा गर्नुपर्ने थापाले बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप