६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
काठमाडौँ । चिनको साङ्घाईमा यही जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले समग्रमा ५७ अङ्क हासिल गरी यस अघिको समग्र अङ्क ४६ लाई पछि पार्दै इतिहास कायम गरेको छ।
कार्यक्रममा सहभागीहरूमध्ये सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, र धादिङका निसान खत्रीले समान एक एक अनरेवल मेन्सन (एच.एम् ) दिलाएका हुन्।
अन्य सहभागीहरू बर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलको समग्र अङ्क बाट नेपालको ऐतिहासिक रेकर्ड अङ्क प्राप्त गरी ११७ मध्ये ३३ देशलाई पछि पार्दै ८४ औँ स्थानमा रहन सफल भएको संंस्थाका अध्यक्ष एवं कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताएका छन्।
सन २०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औँ सहभागिता हो। कार्यक्रममा नेपाल सहित करिब ११७ देशका ६६६ युवा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका छन्।
नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि - २०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपाल द्वारा सञ्चालित करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीहरूबाट जिल्ला, प्रदेश हुँदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढीको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरू छनौट भएको कार्यक्रम संयोजक, म्याथम्याटिकल एसोसिएसन अफ नेपालका महासचिव छवि ढुङ्गानाले बताए।
विद्यार्थीहरूलाई निरन्तर रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरू प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरूमा सरकारी निकायहरूबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने ढुङ्गानाले बताए।
साङ्घाई पुग्नु अघि टोली करिब ७० बढी देश सहभागी हुने करिब २१ दीनको बन्द प्रशिक्षणमा सहभागी भएको थियो। ६७औँ गणित ओलम्पीयाडमा उत्कृष्ट नतिजाका लागि टिम तयार पारिएको राष्ट्रिय प्रशिक्षक ई. प्रजित अधिकारीले जानकारी दिए।
कार्यक्रमको सह नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका छन् भने टिम यही जुलाई २१ मा स्वदेश फर्किएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण