शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । उच्च अदालत पाटनले जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई नख्खु कारागार पठाउन आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, 'जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ऋण अन्यत्र प्रयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिमको कसुर गरेको देखिन आएको छ।' अग्रवालको बैंक खाता प्रयोग गरी जटिल तहकिकरण भएको र वित्तीय कारोबारमा जोखिम पुर्याएको भन्दै मुद्दाको किनारा नलागेसम्म उनलाई थुनामै राखेर प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाईमा रहेको कन्सोरियम बैंकहरूबाट वर्किङ क्यापिटल लोन (चालु पुँजी कर्जा) लिएको थियो। तर, उक्त कर्जा जुन प्रयोजनका लागि लिइएको हो, सो काममा प्रयोग नगरी जग्गा खरिद र अन्य कम्पनीको शेयर लगानीमा दुरुपयोग गरिएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका अनुसार, जगदम्बा स्टिलले लिएको ऋण रकम सहप्रतिवादी दीपक भट्टको जग्गा खरिद गर्न र निजकै स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि को शेयर खरिदमा प्रयोग गरिएको देखिएको छ । अदालतले यस प्रक्रियामा लेयरिङ (रकमलाई घुमाएर विभिन्न खातामा पठाउने प्रक्रिया) गरी बैंक कर्जाको दुरुपयोग गरिएको ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण