भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
सारांश
- भारत भ्रमणमा रहेका नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई भारतीय सर्वोच्च अदालतले शुक्रबार औपचारिक स्वागत गरेको छ।
- नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरूसहित भारतमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन पुगेका हुन्।
- कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले भारत विविध परम्परा र न्यायिक मूल्य–मान्यताको सङ्गमस्थल रहेकोबारे जानकारी गराएका थिए।
काठमाडौँ। भारत भ्रमणमा रहेका नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई भारतीय सर्वोच्च अदालतले शुक्रबार औपचारिक स्वागत गरेको छ।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनीहरूलाई इजलास नम्बर १ मा स्वागत गरेका हुन्।
भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन पुगेको सो प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीशका साथै ब्राजिल र केन्याका न्यायाधीशहरू रहेका छन्।
कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारत विविध परम्परा र न्यायिक मूल्य–मान्यताको सङ्गमस्थल रहेकोबारे जानकारी गराएका थिए।
यसैगरी सोलिसिटर जनरल तुषार मेहताले स्वागत मन्तव्य राख्दै छोटो भ्रमणबाट देशबारे थोरै मात्र जानकारी प्राप्त हुने बताए। उनले भने, ‘यो छोटो भ्रमणले देशको थोरै मात्र जानकारी प्राप्त हुने भएकाले विविधतायुक्त विशाल भारतलाई बुझ्न दुई दिनको समय निकै कम हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण