पत्रकार सम्मेलन
भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप
शुक्रबार, ०८ साउन २०८३, १५ : २१
सारांश
- काठमाडौँ प्रहरीले भिडियो कन्फरेन्समार्फत आरोपीको म्याद थप र बयान गराउने कामलाई निरन्तरता दिएको छ।
- २०८२ पुसयता २ हजार २७६ जना आरोपीको अनलाइन भिडियो कन्फरेन्समार्फत म्याद लिइएको छ।
- आरोपीहरूलाई प्रहरी कार्यालयबाट नै अदालत र जिल्ला प्रशासनबाट म्याद लिने अभ्यासलाई निरन्तरता दिइएको छ।
काठमाडौँ। काठमाडौँ प्रहरीले भिडियो कन्फरेन्समार्फत आरोपीको म्याद थप र बयान गराउने कामलाई निरन्तरता दिएको छ।
२०८२ पुसपछि अहिलेसम्म २ हजार २७६ जना आरोपीलाई अनलाइन भिडियो कन्फरेन्समार्फत म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, ‘आरोपीहरूलाई प्रहरी कार्यालयबाट नै अदालत र जिल्ला प्रशासनबाट म्याद लिने अभ्यासलाई निरन्तरता दिएका छौँ ।’
केही आरोपीहरूलाई भिडियो कन्फरेन्स मार्फत नै बयान गराइएको एसपी भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण