शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव

शुक्रबार, ०८ साउन २०८३, १५ : २४
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको विद्यमान नीतिलाई व्यवस्थित गरी व्यवहारिक नीति लागू गरिने घोषणा गरेका छन्।
  • मन्त्री यादवले सन् २०१५ देखि लागू भएको 'फ्री भिसा फ्री टिकट' नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन पुनरवलोकन गरिने बताए।
  • वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गरी पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिनेछ, साथै भर्ना प्रक्रियालाई पूर्ण रूपमा डिजिटलीकरण गरिनेछ।

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री यादवले भने, " सरकारले सन् २०१५ देखि लागू भएको 'फ्री भिसा फ्री टिकट' नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरवलोकन गर्ने प्रक्रिया सुरु गरेको छ ।" 

"वैदेशिक रोजगार ऐन २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई थप कडा सजायको व्यवस्था गर्न गरिनेछ," उनले भने । 

प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जबाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलीकरण गरिने छ।

मन्त्री यादवले आफ्नो १०० दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनुअघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप