असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
सारांश
- भारतको उत्तरपूर्वी राज्य असममा मनसुनी बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ र ७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
- ब्रह्मपुत्र नदीमा पानीको सतह बढेपछि सयौं गाउँ डुबानमा परेका छन्, जसले गर्दा हजारौं परिवार घरबारविहीन भएका छन्।
- सरकारले राहत शिविर सञ्चालन गरेको छ र हेलिकप्टरमार्फत खाद्यान्न तथा राहत सामग्री आपूर्ति गरिरहेको छ।
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
अधिकारीहरूका अनुसार चीनको तिब्बतबाट उत्पत्ति भएर असम हुँदै बग्ने ब्रह्मपुत्र नदीमा पानीको सतह अत्यधिक बढेपछि सयौं गाउँ डुबानमा परेका छन्। बाढीले हजारौं परिवार घरबारविहीन भएका छन्।
बाढीका कारण करिब ३ लाख मानिस सरकारले सञ्चालन गरेका राहत शिविरमा आश्रय लिन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री पुर्याउन हेलिकप्टरमार्फत आपूर्ति गर्ने काम भइरहेको असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले बताएका छन्।
उनका अनुसार बाढीले करिब ९ सय गाउँ डुबानमा परेका छन् भने ७ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
प्रहरी, विपद् उद्धार टोली तथा स्थानीय स्वयंसेवकहरूले बाढीमा फसेका मानिसहरूको उद्धार गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउने काम गरिरहेका छन्।
बिहीबार साँझ असमको राजधानी गुवाहाटीमा पनि बाढीले जनजीवन प्रभावित बनेको छ। करिब २० लाख जनसंख्या रहेको यस सहरका धेरै सडक जलमग्न भएपछि यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण