मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई

मङ्गलबार, १२ साउन २०८३, १० : ३९
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्।
  • उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।
  • कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्। 

सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीति र नेपालमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन उनले सबैलाई आग्रह गरेका छन्। जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले उच्च विवेक तथा संयमको प्रयोग गर्नुपर्ने धारणा उनले राखेका छन्।

कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्। ‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्,’ भट्टराईले भनेका छन्, ‘हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप