सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सारांश
- सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूची र सञ्चालनबारे प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
- सिंहदरबारस्थित सभामुखको सचिवालयमा आयोजित बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ ।
- बैठकमा संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, कार्यसूची र सदनलाई मर्यादित एवं नतिजामुखी बनाउने विषयमा छलफल केन्द्रित छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ । बैठकमा मुख्य गरी साउन १४ गतेका लागि तय भएको संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, सम्भावित कार्यसूची र सदनलाई कसरी मर्यादित एवं नतिजामुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।
सरकारको सिफारिसमा आगामी साउन १४ गते प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहँदा सभामुख अर्यालले सदनको विजनेस र कार्यव्यवस्थाका सम्बन्धमा दलहरूबीच सहमति जुटाउन यो पहल थालेका हुन् ।
बैठकमा विचाराधीन रहेका विधेयकहरूलाई अगाडि बढाउने, शून्य तथा विशेष समयमा उठ्ने जनसरोकारका मुद्दाहरू र संसदीय प्रक्रियालाई चुस्त बनाउने विषयमा सभामुखले दलहरूको राय माग्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण