मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने

मङ्गलबार, १२ साउन २०८३, १३ : ३१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने भएका छन् ।
  • यो प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ ।
  • मेहबुब एसियन स्टार्स टोलीबाट खेल्नेछन्, जसको कप्तानी तिलकरत्ने दिलशानले गर्नेछन् ।

काठमाडौँ। नेपाली क्रिकेटका विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलमले प्रतिष्ठित एसियन लिजेन्ड्स लिग खेल्ने भएका छन् । 

संयुक्त अरब इमिरेटमा रहेको वल्र्ड स्पोट्र्स ग्रुपको आयोजनामा हुन लागेको दोश्रो संस्करणको प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ । उनी जुलाई २९ मा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

मेहबुब एसियन स्टार्स टोलीबाट एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्नेछन् । यस टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलशानले गर्नेछन् ।

मेहबुब आलम नेपाली क्रिकेट इतिहासका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । उनले सन् २००८ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ अन्तर्गत मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १२ रन खर्चेर सबै १० विकेट लिएर विश्व क्रिकेटमा इतिहास रचेका थिए । सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै १० विकेट लिने उनी पहिलो खेलाडी बनेका थिए, जसका कारण उनको नाम गिनिज वल्र्ड रेकड्र्स मा रहेको छ ।

नेपालका तर्फबाट आलमको सहभागिता नेपाली क्रिकेटका लागि गर्वको विषय बनेको छ।एसियन लिजेन्ड्स लिग जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मेहबुब आलमको सहभागिताले नेपाली क्रिकेटलाई विश्व मञ्चमा थप चिनाउने विश्वास गरिएको छ ।  

प्रतियोगितामा क्रिकेट जगतका चर्चित पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू युसुफ पठान, अम्बाती रायुडु, शाकिब अल हसन, उपुल थरंगा, तिलकरत्ने दिलशान लगायतका थुप्रै दिग्गज खेलाडीहरूको सहभागिता हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप