कञ्चनपुर घटनामा गृह मन्त्रालयको एक्सन, एसपी विष्ट निलम्बित
काठमाडाैं-कञ्चनपुर घटनामा गृह मन्त्रालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको बताए ।
कञ्चनपुर घटनामा विष्टको भूमिका संकास्पद रहेको देखिएकाले विष्टलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै आन्दोलन कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् ।
आन्दोलनकै क्रममा भीडलाई तितरबितर पार्न गोली चलाएपछि भदौ ७ मा उनीसहित डीएसपी र प्रजिअसमेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो ।
त्यसलगत्तै मन्त्रालयले सिडीओको रुपमा तारानाथ अधिकारीलाई जिम्मेवारी दिएको छ भने प्रहरी प्रमु्खका रुपमा एसपी कुबेर कठायतलाई पठाइएको छ । यसैगरी डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएर सरकारले उनको ठाउँमा कृष्णराज ओझालाई पठाएको छ ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै समिति पनि गरिसकेको छ ।
मन्त्रामलयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । जुन समितिले छानबिनलाई तीब्रता दिएको छ ।
अब खुल्ला कञ्चनपुर घटनाको रहस्य ? प्रहरीको नियन्त्रणमा बम दिदीबहिनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण