‘कस्मिक लभ’ गीत : कोया कटरको भन्दै प्रशनत र दीया
काठमाडौँ – चलचित्रको छायांकन पुरा नहुँदै गीत तथा पोष्टर सार्वजनिक गरेर चलचित्रको प्रचार थाल्ने परम्परा पछिल्लो समय सामान्य भइसकेको छ । यस्तैमा छायांकनरत चलचित्र ‘कस्मिक लभ’ले एक गीत सार्वजनिक गरेको छ ।
‘कोया कटरको’ बोल रहेको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रशान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेलको अभिनय देख्न सकिन्छ ।
रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको स्वर रहेको गीतमा संगीत भने बाबुल गिरीले दिएका छन् । दिनेश सुबेदीको शब्द रहेको गीत माथी कलाकार नचाउने काम भने रविन शाहले गरेका हुन् ।
मुभी मेकर्सको ब्यानरमा निर्माण थालिएको ‘कस्मीक लभ’ सुरज प्रधानको प्रस्तुति रहेको छ । जय गौतम निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मदन ताम्राकार तथा सह निर्माता विकास सिंह पुजारी रहेका छन् ।
एस के अधिकारी तथा शेखर ज्ञवालीको संयुक्त लेखन रहेको चलचित्रमा बाबुल गिरीको संगीत, एसके अधिकारी र दिनेश सुवेदीका गीत छन् ।
लभ स्टोरी जनरामा बोकेको चलचित्रमा बिएस बलामी तथा एसके अधिकारीले मिलेर निर्देशन गरेका छन् ।
प्रशान्त ताम्राकार, दीया मास्के, अर्पण थापा, रिजन थापा, पुजन थापा, रोबिन तामाङ, राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनाल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र तिहारको अवसर पारेर प्रदर्शनमा आउँने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण