भारतीय पर्यटक बोकेर काठमाडौं आएको यति एयरलाइन्सको जहाज रनवेबाट चिप्लियो
शनिबार, १६ भदौ २०७५, २१ : २१

काठमाडौं । यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनामा परेको हो ।
‘नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर आएको जहाज दुर्घटनामा परेको छ,’ यति एयरलाइन्सका बजार प्रमुख भीम राईले भने, ‘अत्याधिक वर्षाको कारण जहाज चिप्लिएर दुर्घटनामा परेको हुनसक्छ ।’
उनका अनुसार अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रु सबै सकुशल रहेका उनले रातोपाटीलाई जानकारी दिए ।
विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता