भारतीय पर्यटक बोकेर काठमाडौं आएको यति एयरलाइन्सको जहाज रनवेबाट चिप्लियो
शनिबार, १६ भदौ २०७५, २१ : २१
काठमाडौं । यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनामा परेको हो ।
‘नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर आएको जहाज दुर्घटनामा परेको छ,’ यति एयरलाइन्सका बजार प्रमुख भीम राईले भने, ‘अत्याधिक वर्षाको कारण जहाज चिप्लिएर दुर्घटनामा परेको हुनसक्छ ।’
उनका अनुसार अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रु सबै सकुशल रहेका उनले रातोपाटीलाई जानकारी दिए ।
विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण