आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जब स्वयम्भुमा भेटियो कारभित्र शव, हेर्नुहोस् तस्विर

बिहीबार, २१ भदौ २०७५, १० : ०८
बिहीबार, २१ भदौ २०७५

काठमाडौं – बिहिबार बिहान स्वयम्भु हाइटमा पार्किङ गरेर भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि खैलाबैला मच्चियो ।

स्थानीयले लगत्तै प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो ।

स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा रहेको निजी कारमा प्रहरीले एउटा शव फेला पार्यो ।

बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव रहेको थियो ।  

उक्त शव काठमाडौंको नैकाप बस्ने २६ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

हेरौँ घटनास्थलका केही तस्विरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप