रिहा हुँदा भावुक बने छविलाल पौडेल, स्वागतका लागि बाजागाजासहित पुगे समर्थक (फोटोफिचर)
माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् ।
सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिँदा उनको आँखा रसाए । उनको स्वागतका लागि समर्थक बाजागाजासहित कारागार पुगेका थिए ।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको हो । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो ।

२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको मेरिटोक्रेसी : रास्वपालाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण