‘छिरिङ्ग’को ट्रेलर : यसकुमार र निमासँग कामनाको रोमान्स
काठमाडौं – गायकबाट नायक बनेका यश कुमार अभिनित तथा निर्देशित चलचित्र ‘छिरिङ्ग’ पनि प्रदर्शनको लागि तयार भएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी गराउदै निर्माण युनिटले अफिसियल ट्रेलर लञ्च समेत गरेको छ ।
ट्रेलर प्रेम र द्वन्द्वका दृश्यले भरिएका छन् । बहुपतिप्रथाको कथामा बनेको यो चलचित्रमा नव अभिनेत्री कामना भुजेलसँग यशकुमार र अर्काे नायक निमा रुम्बाले रोमान्स गरेका छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्र यशकुमार र याम थापाले मिलेर लेखेका हुन् ।
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । १२ असोजबाट चलचित्र देशभर प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।
दुई पति भएकी एक युवतीले गर्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रले देखाउन खोजेको कार्यक्रमा यस कुमारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण