‘बाँध मायाले’को रोमान्टिक गीतमा सृष्टि र किशोर
काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘बाँध मायाले’ को नयाँ गीत ‘सँग सँगै’ सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकदै गर्दा निर्माण युनिटले ल्याएको यो गीतमा अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । शब्द पनि संगीतकार पोखरेल नै कोरेका हुन् ।
गीत अभिनेत्री सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्का माथी खिचिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत आकर्षक बनेको छ ।
सविर श्रेष्ठ निर्देशित चलचित्रमा ‘बाँधमायाले’मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नवनायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त िनर्माण रहेको चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सहनिर्माता महेन्द्र अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण