असार १४ मा चुनाव गर्न नसके देउवामाथि ‘असक्षमता’को अर्को तक्मा : एमाले
काठमाडौं – नेकपा एमालेका स्थाई कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसले चुनाव गर्न नचाहेको निष्र्कष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले कांग्रेसले अनेक बाहाना बनाएर चुनाव सार्न चाहेको ठहर गरेको छ ।
स्थायी समितिको बैठक जारी रहेका बेला पत्रकारहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने–‘यदी प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ मा ४ प्रदेशमा स्थानीय तहको निर्वाचन गर्न सकेनन् भने उनीमाथि असक्षमताको थप अर्को तक्मा थपिनेछ ।’
स्थायी समितिको बैठकले तोकिएको मितिमा असार १४ गते प्रदेश नंबर १, २, ५ र ७ मा चुनाव गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेता भट्टराईले जानकारी दिए ।
एमालेले संविधान संसोधनको विषय र स्थानीय तहको बिषय फरक भएको भन्दै चुनाव अबरोध गर्ने गरी संसोधनका लागि बार्गेनिङ गर्न नहुने बताएको छ । पहिलो चरणको निर्वाचन भएपछि थप स्थानीय तह थप्ने कुरा एमालेलाई मान्य नहुने, औचित्य र आवश्यकता अनुसार पछि थप्नेबारे भने बिचार गर्न सकिने बताएको छ ।
बैठकले कुनैपनि बहानामा निर्वाचन सार्न नहुने, २ नंबर प्रदेशको चुनाव पछि स¥यो भने एमालेले नमान्ने र असार २ गते सबै प्रदेशमा उम्मेदवारको मनोनयन हुनुपर्नेमा जोड दिएको छ ।
साथै एमालेले राष्ट्रिय जनता पार्टी नेपालले उठाएको माग सकारात्मक छन् भने संबोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ । आन्दोलनका घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति र निर्दोष मानछेको मुद्धा फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको छ ।
एमाले स्थायी समितको बैठकले प्रदेश नम्बर दुई अन्र्तगतका सबै स्थानीय तहको उम्मेदवारको साँझसम्म टुङ्गो लगाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण