भक्तपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु
बुधबार, ०३ असोज २०७५, २० : १४
भक्तपुर– भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ मा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट बुधबार साझँ एक वृद्धको मृत्यु भएको छ ।
चारदोबाटोस्थित अरनिको राजमार्ग पार गर्ने क्रममा पैदल यात्री सोही स्थानका बर्ष ८० का जोगभक्त श्रेष्ठरलाई भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करपछि घाईते भएका श्रेष्ठको उपचारको मध्यपुर अस्पताल उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
ठक्कर दिने मोटर साइकल चालक भारत बिहार घर भक्तपुर बालकोट बस्ने बर्ष ३० को सम्लेशकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक पोखरेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण