बलिउडका चर्चित गायक कुमार सानु काठमाडौंमा
काठमाडौं — बलिउडमा निकै नाम कमाएका गायक कुमार सानु काठमाडौं भित्रिएका छन् ।
बुटवलमा हुने एक सांगीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरे ।
शुक्रबार बुटवलको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने एकल कन्सर्टमा उनले गीत गाउने छन् ।
पारामाउन्ट इन्टरटेन्मेन्टले लुम्बिनिमा आयोजना गर्न लागेको कार्यक्रममा गायिका देविका बन्दनाले पनि कुमार सानुका साथ गीत गाउने छिन् ।

यसअघि काठमाडौंमा आयोजना भएको एकल गायन कार्यक्रममा प्रस्तुत भइसकेका गायक कुमार सानुले लुम्बिनीमा पहिलो पटक प्रस्तुत हुन लागेका हुन् ।
कुमार सानुले भारतको प्रख्यात फिल्म फेयर अवार्डदेखि पद्मश्री सम्मको सम्मान पाइसकेका छन् ।
बलिउडका सयौं चलचित्रका हजारौं गीत गाएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका २० हजार भन्दा बढि गीतमा स्वर प्रदान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण