भारतीय र्यापर बादशाह काठमाडौंमा, दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्ट
शनिबार, ०६ असोज २०७५, ११ : ४०
स्टेजमा बादशाह भनेर चिनिने भारतीय र्यापर आदित्य प्रतिक सिंह सिसोडिया काठमाडौं आइपुगेका छन् ।
उनी १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्टका लागि काठमाडौं भित्रिएका हुन् ।
टिभीएस मोटर्स इन्डिया र जगदम्बा मोर्टर नेपालको सहकार्यमा आयोजित उक्त कन्सर्ट शनिबार १२ बजेदेखि सुरु हुँदैछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
उक्त कन्सर्टमा बादशाहलगायत नेपाली कलाकार इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी वुगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको प्रस्तुती रहने छ ।
उक्त फेस्टिबलमा खानाका स्टलहरुका साथै किड्स जोन पनि रहनेछ । कार्यक्रममा टिभिएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहलाई भेट्न पाउनेछन् । एकजना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरुप टिभिएसको एनटर्क स्कूटर प्रखान गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण