चन्दा बनिन् मिसेस नेपाल इन्टरनेशनल
काठमाडौं – ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’को ताज सर्लाहीकी चन्दा थापा गिरीले चुमेकी छिन् ।
रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा बिबाहित महिलाका बिच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा ३४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् ।
शीर्ष उपाधिका साथमा मिसेस ट्यालेन्ट र बेष्ट ¥याम्प वकको उपाधि समेत जितेकी गिरील पुरस्कारमा स्कुटर र सिंगापुरमा हुने अन्तराष्ट्रिय प्रतियोगीता मिसेस इन्टरनेशनल २०१८ मा सहभागी हुने अवसर समेत हात पारिन् ।
गृहीणी जीवन बिताईरहेका तथा विभिन्न पेशामा रहेका बिबाहित महिलाका बिच जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा स्मृती श्रेष्ठ फष्ट रनर्सअपका साथ व्युटी विथ परपोज, प्रतिमा शर्मा सेकेन्ड रनर्सअपका साथ मष्ट गर्जीयस तथा जुनु शर्मा थर्ड रनर्सअपका साथ बेष्ट स्माइल र रुपा सिवाकोटी फोर्थ रनर्सअप भएकका छन् ।
अश्विनीकान्त झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको चौथो संस्करणको प्रतियोगितामा नम्रता गिरी पब्लिक च्वाईस र फेसबुक च्वाईस, श्रीलक्ष्मी श्रेष्ठ थापा बेस्ट डान्सर, मनिषा पाण्डे बेष्ट पर्सनालिटी सपना प्रधानाङ्घ मष्ट क्रियटीभ, रविना परियार फेशन आईकन, अर्चना रिमाल बेष्ट स्किन प्रमिक्षा पोखरेल बेष्ट हेयर, बिना मगर जोशी मिसेस बब्ली फेस, अनिता बिमली युटुयुव बेष्ट भ्युज, मिसेस फोटोजेनिक र भ्युवर्स च्वाईस, दीपा थपलिया र दिपिका भर्मा म्यानेजमेन्ट च्वाईस भए ।
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा मिसेस इन्टरनेशनल सिंगापुरका म्यानेजर विभरली ट्यान र दातो श्री शिव कुमारको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा प्रमुख निर्णायक तथा अभिनेता आर्यन सिग्देल, डा. अनिल मिश्र, अधिवत्ता रविन्द्र लामा र मिसेस नेपाल गल्याम २०१८ एलिजा मर्हजन निर्णायक रहेका थिए ।
यसअघिको मिसमे नेपाल इन्टरनेशनलमा सविता लामिछाने, अनुपमा राई र सुरुची पाण्डे उपाधि विजेता भएका थिए। एलईडी डिस्प्लेको चमक दमकका साथ भव्यरुपमा सम्पन्न प्रतियोगितामा एएनपि मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्की, फिल्म निर्देशक सुमन दाहाल, स्टार वन इन्टरटेनमेन्टका म्यानेजर तथा होटल व्यवसायी बालकृष्ण पोखरेललाई रिवन नेशनल एक्सिलेन्स अवार्डबाट सम्मानित गरियो ।
कार्यक्रममा कलाकार गोपाल ढकाल छन्देले कमेडी र गायक रुपकुमार राईले गीत प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण