‘चङ्गा चेट’को ट्रेलरमा कमेडी र एक्सन
काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर चलचित्र ‘चङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दैे निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । कमेडीले भरिपूर्ण ट्रेलरमा सबै पक्ष समेटिएको छ ।
काठमाडौका युवाहरुको कथा उठाएको कार्यक्रममा निर्माता माधव वाग्लेले बताए । अहिलेसम्म मैले निर्माण गरेको चलचित्र मध्य यो चित्त बुझ्दो छ’ माधवले भने ‘दर्शकले चलचित्रको पुरै अवधी मनोरञ्जन लिन सक्छन् ।’
एक गीतको टुक्रा समेत अटाएको ट्रेलरमा पैसा कमाउने धुनमा लागेका आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झाले गर्ने संघर्ष र रमाइलोले प्रथामिकता पाएका छन् । अभिनेत्री प्रियंका कार्की, परमिता आरएल राणा र सुरक्षा पन्त पनि ट्रेलरमा अटाएका छन् ।
समाजभित्रको यथार्थ घट्ना चलचित्रमा हाँस्यरस मार्फत् प्रस्तुत गरेको निर्देशक दीपेन्द्र खनालले बताए । उनले आफ्ना अघिल्ला चलचित्र भन्दा यो फरक भएको बताए ।
प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँनेछ । राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत रहेको चलचित्र निरक कँडेलको छायांकन रहेको छ । चलचित्रको केही पहिले सार्वजनिक गीत ‘गोजीमा दाम छैन’ हिट भइसकेको छ ।
आयुष्मान देशराज, सन्दिप, रबिन्द्र, प्रियंका, परमिता, सुरक्षाको मुख्य भुमिका रहेको चलचित्रमा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण