माओवादी जनयुद्धकालको झझल्को दिलाउने कृष्णाको गजल
जनकपुरधाम । माओवादी जनयुद्धकालको झझल्को दिलाउने भिडियो गजल हाँस्य कलाकार कृष्णा कुमार महतोले मंगलबार सार्वजनिक गरेका छन् ।
‘चलि आई किछु गजल गुन गुनाली’ शीर्षकको भिडियो गजलमा कृष्णा सँगै नाट्यकर्मी सरिता साहले पनि अभिनय गरेकी छिन् ।
मैथिली भाषाको यो पहिलो गजल माओवादी जनयुद्धकालको घटनामा आधारित छ ।
माओवादी जनयुद्धकालमा माओवादी लडाकु बनेका युवाहरु आफ्नो घरमा लुकिलुकि आउने गरेको तथा प्रहरीको निगरानीबाट बचेर भएपनि परिवारसँग गर्ने कारुणिक भेटलाई देखाइएको छ ।
अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसद्वारा निर्मित गजलमा गायक ललित कामत तथा नेहा प्रियदर्शनीको आवाज रहेको छ भने गजललाई अयोेध्यनाथ चौधरीले सिँगारेका हुन् । सुनिल प्रवेशले गजललाई कम्पोज गरेका हुन् भने कथा र निर्देशन समेत कलाकार कृष्ण कुमार महतोले स्वयम् गरेका हुन् ।
भिडियो भर्सनको लागि क्यामेरामा मनिष (सानु) ले साथ दिएका छन् भने रविन्द्र प्रकाशले सम्पादन गरेका हुन् ।
न्यामिक यादवको सहयोगमा कृष्णा, नाटयकर्मी सरिता साह सहित रोचक एण्ड घोचक टिमका प्रदिप कुमार महतो, रोहित, फुलगेन, सुनिता, शम्भु र जयकुमारले माओवादी लडाकुको अभियनमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण