छायांकन सुरु गरेकै दिन ‘ए मेरो हजुर ३’ ले ल्यायो फष्टलुक
काठमाडौं –अभिनेत्री झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन सुरु भएको छ ।
निर्माण युनिटले सामाजिक संजालबाट फष्टलुक सार्वजनिक गर्दै चलचित्र छायांकन सुरु भएको जानकारी गराएको हो ।
अनमोल केसीको मुख्य भुमिका रहने चलचित्रमा झरनाकी छोरी सुहाना पनि अभिनय गर्दैछिन् । फष्टलुकमा अनमोलका साथ सुहाना देखिएकी छन् ।
२९ चैत्र रिलिज मिति घोषणा गरिएको चलचित्रको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखिएका छन् । सार्वजनिक गरिएका दुई पोष्टर मध्य एकमा अनमोलको हातमा गितार देख्न सकिन्छ ।
सुनिल कुमार थापाको निर्माण गर्न लागेको चलचित्र सांगीतिक लभस्टोरी रहेको बताइएको छ । चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण