नयाँ भर्सनमा ‘साइँली र माइली’ (भिडियो)
काठमाडौं– ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र...’ कुनै बेलाको यो लोकप्रिय गीत आज पनि उत्तिकै सान्दर्भिक छ ।
मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा बनेको छ । जुन गीत भिडियो सहित आएको छ ।
गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुन: गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।
शान थापाले म्युजिक भिडियोलाई निर्देशक गरेका हुन् । भिडियोमा अभिनेता सन्दिप क्षेत्री, अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकाल देखिएका छन् ।
हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ ।
अभिनेता क्षत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भिर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण