तिहारको व्यापारः तयार भयो मखमली र सयपत्री
भक्तपुर । हिन्दुहरुको अर्को ठूलो पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । तिहारको लागि पुजा र मालाको लागि धेरै फुल आवश्यकता पर्दछ ।
लक्ष्मीपुजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फुल र भाइटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फुलको केही वर्ष यता भक्तपुरमा व्यवसायीक खेती हुँदै आएको छ ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनीदेखि पाचँ रोपनीसम्म जग्गामा मखमली, सयपत्री लगायतका फुलहरु लगाएका छन् ।
केही वर्ष यता भक्तपुरको चाँगुनारायण नगरपालिको वडा नम्बर ६ नगरकोट र ९ ताथली तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुमा व्यवसायीक मखमली फुलको खेती हुँदै आएको छ । जग्गा भाडामा लिएर समेत केहि किसानहरुले फूल खेती गर्दै आएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी कल्पना बस्नेतले विगत ८ वर्ष अगाडीदेखि मखमली फुल खेती गर्दै आएकी छिन् । उनका अनुसार यो वर्ष पनि घरमै आएर व्यापारीले प्रतिमाला मखमली फुलको १८ रुपैयाँसम्म दिए ।
तर, त्यही माला दिदिबहिनीले खरिद गर्दा ५० रुपैयाँसम्म पर्दछ । यसरी अन्य उत्पादनमा जस्तै फुलमा पनि बिचौलीया हावी हुँदा किसानलाई खासै फाइदा नहुने गरेको अर्की किसान मैयाँ बस्नेतले बताइन् । तिहारको समयमा सयपत्री फूलको माला अनुसारको दुई सयसम्म पर्ने गरेको छ ।
एक रोपनी क्षेत्रफल भएको जग्गामा मखमली फूल राम्रो फुलेमा तीन हजार ५ सयसम्म माला तयार हुने उनीहरुको भनाई छ ।
यो वर्ष तिहार पर्व केही समय पछाडी भएकाले भक्तपुरका किसानलाई धान भित्र्याउन र मखमली फुलको माला बनाउन एकै साथ परेको ताथली कल्पना बनमालाले बताइन् ।
एकातिर खेतमा पाकेको धान भित्र्याउने समय समेत भएकाले तिहारको भाईटिकाको दिन लगाउने मखमली फुलको माला बनाउन व्यस्तता बढेको हो ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यवसायीक फुलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने देखिन्छ ।
मानिसको दैनिक जीवनमा जन्मदेखि मृत्युसम्म आवश्यक फूल करोडौं बिदेशबाट आयात हुने गरेको छ । भक्तपुरमा किसानले वार्षीक दुई करोड भन्दा बढिको फूलको बिक्रि गर्दै आइहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण