सिक्किमको महोत्सवमा नेपथ्य
काठमाडौं – राजधानीका दर्शकसँग स्वयम्भूमा जम्काभेटपछि नेपथ्य ब्याण्ड अब उसका पुराना प्रशंसकहरुको क्षेत्र भारतको सिक्किम तर्फ प्रस्थान गर्ने भएको छ ।
सिक्किमको राबाङमा आगामी मंगलबार ब्याण्डले नेपाली लोकरक घन्काउने छ । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११) देखि ‘राबाङ टुरिज्म फेस्टिभल’ आयोजना गरिएको छ ।
पहाडमाथिको सुन्दर ताल छेवैमा आयोजित तीन दिने महोत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङबाट आज हुँदैछ ।
महोत्सवको समापन भने ३० तारिख (कात्तिक १३) का दिन नेपथ्यको प्रस्तुतीसँगै हुनेछ ।
केहि साताअघि मात्रै पहिलो विमानस्थल सञ्चालनमा आएपछि सिक्किम यतिबेला भारत र छेउछाउका गन्तब्यबाट घुम्न चाहने पर्यटकहरुको केन्द्र बन्दै गएको छ ।
संयोगले उक्त विमानस्थल बनाउने चरणमै पाक्योंगले केहि वर्षअघि नेपथ्यलाई निम्त्याएको थियो । ‘सिक्किम विश्वभरका पर्यटकहरुलाई निम्त्याउन अब पूर्णरुपले तयार भएको छ,’ गुरुङ भन्छन्, ‘उसको यो प्रयासमा नेपथ्यले पनि होस्टेमा हैंसे गर्न पाएको क्षण हामी गौरव महशुस गरिरहेका छौं ।’
कार्यक्रममा नेपथ्यले छेक्यो छेक्यो, लामपाते सुरती, चरि म¥यो, जोमसोमे बजारमा लगायतका आफ्ना नयाँ तथा पुरा दर्जन बढी गीत घन्काउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण