निलमको ‘कति सुहायो कालो कोटमा’ (भिडियो )
काठमाडौं– संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् ।
गीतकार समेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ ।
निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।
‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।
युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण