जन्मदिनको पार्टीको बहानामा दुई जना किशोरी माथि सामूहिक बलात्कार
सिरहा – सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिनको पार्टी मनाउन बोलाइएका दुई जना किशोरी बलात्कृत भएका छन् ।
१५ वर्षीया र २० वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएका हु्न् ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्म दिनको पार्टी भन्दै बोलाएर भोटिया टोलमा ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
सिरहाको लक्ष्मीपुर पतारीकी र सिसवनीकी ती किशोरीलाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समूहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
सामान्य चिनजान रहेका उनीहरुलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुबै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समूहले सामूहिक बलात्कार गरेका थिए ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्नहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए ।
सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
पीडितको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण