सुजुकीले जिक्सर एसपी एबीएस बाइक, के-के छन् विशेषता ?
काठमाडौं । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारिक वितरक भिजि अटोमोबाइल्सले आफ्नो नयाँ बाइक जिक्सर एसपी एबीएसलाई नेपाली बजारमा सार्वजनीक गरेकाे छ ।
युवाको रोजाईमा रहेको सुजुकीको जिक्सर बाइक नेपालमा अध्याधिक बिक्री हुने बाइकमा पर्दछ । साथै कम्पनीले यसमा अझै थप सुरक्षाको प्रविधी एबीएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ ।
पुरानो जीक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले जीक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनीक गरेको छ । नयाँ एसपी एडिसनमा व्ल्याक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबीएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ ।
सिंगल च्यानल एबीएसमा भेरिएन्टको मुल्य नेपाली रुपैया २ लाख ९९ हजार ९०० रुपैया रहेको छ । १५४.९ सीसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।
यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा कार्तिक १८ गते देखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेकोछ । यसै गरि सबै सुजुकी शोरुमहरुमा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गरिएकोछ । साथै नेपालभरीबाट स्सपेर पार्टस् र सर्भिस पनि उपलब्ध गराउँदै अहाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
-
नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण