ओप्पोले ल्यायो ए सेभेन मोबाइल
काठमाडौं– सेल्फी एक्स्पर्टको नामले परिचित ओप्पोले आजदेखि नेपाली बजारमा ओप्पो एसेभेन औपचारीक रुपमा भित्र्याएको छ । यो फोनमा १६ मेगा फिक्सलको फ्रन्ट क्यामेरा छ ।
वाइड एंगलबाट फोटो खिच्न सकिने भएकाले वरिपरिका धेरै सिनहरु यसले क्याप्चर गर्न सक्छ । किफायती ब्याट्री र खरिदयोग्य मूल्यमा पाइने यस फोन नेपालीहरु माझ लोकप्रिय हुने विश्वास कम्पनीको छ । यसको मूल्य नेपाली बजारमा ३५ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ । पातलो, हलुका र बोक्न सहज यो फोन सुनौलो र निलो दुइ वटा रंगमा उपलब्ध छ ।
८.१ एन्ड्रोइड भर्सनको यस फोनमा ५.२ अपरेटिङ सिस्टम रहेको छ । एसेभेनले होराइजेन्टल फुल स्क्रिन मात्र नभइ भर्टिकल फुल स्क्रिनलाईसमेत सपोर्ट गर्छ । विगत १० वर्षदेखि ओप्पोले क्यामरा फोनको रुपमा आफ्ना उत्पादनलाई फोकस गर्दै आएको छ ।
१६ मेगाफिक्सल फ्रन्ट क्यामेराको स्मार्टफोन ल्याउने ओप्पोनै पहिलो ब्राण्ड थियो । ओप्पोले सन २०१६ मा पहिलो पटक नेपालमा सेल्फी एक्सपर्ट मोवाइल फोन भित्र्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण