फिल्म सयकडा दश : पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी’
काठमाडौं – भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी...’सार्वजनिक गरेको छ ।
‘प्रेमगीत २’का निर्देशक रामशरण पाठकको निर्देशन रहेको चलचित्रले यो गीतसँगै प्रचार थालनी गरेको हो ।
‘दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी...’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको गीत निर्देशक पाठकले नै लखेका हुन् ।
गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोलको अभिनय रहेको छ ।
मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । यसका सहनिर्माता साजन थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिना अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण