रानु निरौलाको लोक पप ‘लाछा डोरी’ सार्वजनिक
आइतबार, ०२ मङ्सिर २०७५, १८ : ३५
काठमाडौं । गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ‘लाछा डोरी’ बोलको भिडियो सार्वजनिक भएको छ ।
राकेश शर्माको शब्द तथा संगीत रहेको सो गीतमा बासु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन र राहुल बराइलीको निर्देशन रहेको छ ।
उक्त गीतमा मायाको डोरीले बाँधेपछि आफनो मायालुलाई जीवनभरी साथ दिने कुराहरु समेटिएको गायिका रानुले बताएकी छन् ।
उनले भनिन्, ‘यो गीतमा फरक शैलीको प्रस्तुति दिएर भिडियो तयार गरिएको छ ।’
साहश शाक्यको एरेन्जमा रहेको यस गीतमा प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ । गीतमा आहाना पोखरेल र रमेश बाबुको फिचरिङ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण