आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमै
काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसनले एप्पलका नयाँ आईफोन यही मंसिर ७ गतेबाट उपलब्ध गराउने भएको छ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने जनाएको हो ।
आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउनेछ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर , गोल्ड कलर अप्सनमा आउने छ ।
त्यसैगरी, आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
-
नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण