लगनको महिना पारेर प्यासीले ल्याए पञ्चेबाजा गीत
काठमाडौं– गायक केहरसिंह प्यासीले लगनको महिना पारेर नयाँ पञ्चेबाजा गीत लिएर बजारमा आएका छन्।
उनले मंसिर लाग्ने वित्तिकै गीतको भिडियो युटुव मार्फत सार्वजनिक गरेका छन्। स्थानीय तथा जाती विशेषका भाकाहरुमा गीत लिएर आउन रुचाउने प्यासीले यसपाली विहेको महिनालाई दृष्टिगत गरेर गीत ल्याएका हुन्।
नाचौं गाऔं पञ्चे बाजामा।
मरी लानु के छ र दुई दिने चोलामा।
जे जे पर्छ दिल खोलेरै नाच्छु आज म।।
बोलको गीत सार्वजनिक भएको हो। गीतमा विहेसँगसम्बन्धित विभिन्न शब्दहरु रहेका छन्। गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीले स्वर भरेका छन्। गीतको शब्द तथा लय संकलन स्वयम प्यासीले गरेका हुन्। प्यासीले प्रतिमा गुरुङसँग मिलेर गीत ल्याएका हुन्।
गीतमा सुमन राना र मालती घलले अभिनय गरेका छन्। गीतको छाँयाकन करन चैसिरले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका छन्। गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन्। हिम सम्झौता डिजिटलको ब्यानरमा बनेको गीत ‘केहर सिंह प्यासी’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
केहरसिंह प्यासी युवा लोक दोहोरी गायक तथा सर्जक हुन्। उनले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण