निर्मला हत्या प्रकरण : सरकार भेटियो न्याय भेटिएन भन्दै प्रदर्शन (फोटोफिचर)
काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको लागि न्याय माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।
‘जस्टिस फर निर्मला’ अभियानको अगुवाइमा स्वतस्फूर्त प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागिहरुले 'सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोस्टर बोकेका थिए भने हत्यामा संलग्नलाई कारबाही गर्ने दवाव दिने खालका अन्य प्लेकार्ड पनि बोकेका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्रीविरुद्ध चर्को नाराबानी गर्दै राजीनामासमेत माग गरेका थिए ।
राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरेका हुन् ।
ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्दै निर्मलाका लागि न्याय माग्दै स्वतःस्फूर्त रूपमा आयोजित र्याली माइतीघरदेखि बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ।
निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । तर सरकारले अझैं पनि दोषीलाई कठघरामा ल्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण