मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ट्राफिक प्रहरीद्वारा १ करोड ५६ लाख राजश्व संकलन

मङ्गलबार, १० साउन २०७४, १८ : ५४
मङ्गलबार, १० साउन २०७४

कपिलवस्तु– जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले नियम बिपरित चलेका सवारी साधनलाई कारवाही गर्दा उलेख्य रुपमा राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीको विशेष सक्रियताले कपिलवस्तुमा गत बर्षको तुुलनामा यो बर्ष राजश्व संकलनमा भारी बृद्धि भएको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा नियम बिपरित चलेका सवारी साधनलाई कार्यवाही गरी कुुल ९८ लाख ९५ हजार ९ सय संकलन भएको थियो भने आर्थिक वर्ष २०७३ र ०७४ मा १ करोड ५६ लाख ४५ हजार ५ सय संकलन भएको छ ।

जिल्लामा नियम बिपरित चलेका २६ हजार ५ सय १३ सवारी साधन कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर बहादुर कार्कीले जानकारी दिए ।

आर्थिक वर्ष २०७३ र ७४ मा १८ हजार ६२५ ट्रक, १ हजार ४७८ बस, १ हजार ५८० जिप÷कार, १ हजार ४२४ ट्याक्टर र ३ हजार ४ सय ६ मोटरसाइकल  गरि कुल २६ हजार ५ सय १३ सवारी साधन कारवाही गरिएको प्रमुख कार्कीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप