कपिलवस्तुमा ट्राफिक प्रहरीद्वारा १ करोड ५६ लाख राजश्व संकलन
कपिलवस्तु– जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले नियम बिपरित चलेका सवारी साधनलाई कारवाही गर्दा उलेख्य रुपमा राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीको विशेष सक्रियताले कपिलवस्तुमा गत बर्षको तुुलनामा यो बर्ष राजश्व संकलनमा भारी बृद्धि भएको हो ।
आर्थिक वर्ष २०७२/०७३ मा नियम बिपरित चलेका सवारी साधनलाई कार्यवाही गरी कुुल ९८ लाख ९५ हजार ९ सय संकलन भएको थियो भने आर्थिक वर्ष २०७३ र ०७४ मा १ करोड ५६ लाख ४५ हजार ५ सय संकलन भएको छ ।
जिल्लामा नियम बिपरित चलेका २६ हजार ५ सय १३ सवारी साधन कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर बहादुर कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०७३ र ७४ मा १८ हजार ६२५ ट्रक, १ हजार ४७८ बस, १ हजार ५८० जिप÷कार, १ हजार ४२४ ट्याक्टर र ३ हजार ४ सय ६ मोटरसाइकल गरि कुल २६ हजार ५ सय १३ सवारी साधन कारवाही गरिएको प्रमुख कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण