इपिएल ट्रफी सार्वजनिक, हेर्नुहोस् १३ तस्विरमा
काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को ट्रफी बिहिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस् ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।
पृथु वास्कोटाको कप्तानीमा चितवन टाइगर्स, शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्स, पारस खड्काको कप्तानीको विराटनगर वारियर्स, सोमपाल कामीको कप्तानीमा काठमाडौँ किङ्स–११, ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियस र स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरको कप्तानीमा पोखरा राइनोज मैदानमा उत्रने छ ।
उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच प्रतिस्पर्धा हुनेछ ।
राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई–दुई खेल हुनेछन् ।
यस पटक विदेशी खेलाडी र चियरलिडर्सले इपीएललाई भव्य बनाउने आयोजकहरुको दाबी छ ।
कप्तानका आ–आफ्नै दावी
ट्रफी सार्वजनिक कार्यक्रममा सबै टोलीका कप्तानले उपाधि आफ्नै टोलीले जित्ने दावी गरेका छन्् । विराटनगरका कप्तान पारस खड्काले आफ्नो टिम सन्तुलित रहेकोले राम्रो खेल्दै उपाधि रक्षा गर्ने बताए । विराटनगर अघिल्लो संस्करणको विजेता टोली हो । गतबर्ष विराटनगरले भैरहवालाई एक रनले हराउँदै उपाधि जितेको थियो ।
यसैगरी ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा ठूला नामका खेलाडी भन्दा पनि भएका खेलाडीले राम्रो खेल्नुपर्ने बताए । उनले आफ्नो टोलीमा ठूला नामका खेलाडी नभएपनि राम्रो प्रर्दशन गर्ने दाबी पनि गरे ।
यसैगरी काठमाडौँका कप्तान सोमपाल कामीले गतवर्षको गल्तीलाई सच्याएर यसपटक उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले आयरल्यान्डका केभिन ओब्रायनको आगमनले टोलीको आत्माविश्वास बढेको पनि बताए ।
चितवनका कप्तान पृथु बास्कोटाले युवा खेलाडी राम्रो लयमा रहेको कारण प्रतियागितामा राम्रो प्रर्दशन गर्ने बताए । भैरवाहका कप्तान शरद भेषवाकरले आफ्नो टोलीमा राम्रा र अनुभवी खेलाडी भएको दावी गरे । उनले टिम सन्तुलित रहेकोले उपाधिनै अन्तिम लक्ष्य भएको बताए ।
पोखराका कप्तान कोट्जरले नेपालको इपीएल खेल्न आफु आतुर रहेको प्रतिक्रिया दिए । उनले नेपालका दर्शक विश्वमै प्रख्यात रहेकाले दर्शनको मन जित्ने खेल पस्कने बताए ।
आयोजकले यसपटक पुरस्कार राशीको घोषणा भने गरिसकेको छैन । निर्देशक अख्तरले विगतको भन्दा पुरस्कार कमी नहुने र केही दिनमै घोषणा गरिने बताए । शनिबार देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र विराटनगर भिड्नेछन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण