सय मृगका शिकारीलाई सजायँः वर्ष दिनसम्म हरेक महिना मृगमाथि बनेको फिल्म हेर्नुपर्ने
अमेरिकाको वासिङ्टनस्थित लोरेन्स काउन्टीको अदालतले मृगको शिकारका दोषीलाई एक वर्षसम्म मृगको बच्चामाथि बनेको फिल्म बाम्बी हेर्ने सजायँ तोकेको छ । डेविड बेरी जुनियर नामका यी दोषीलाई काउन्टी जेलमा एक वर्षसम्म रहँदा हरेक महिना यो फिल्म हेनुपर्ने आदेश दिइएको छ । अदालतले उनलाई सय मृगको शिकारमा दोषी ठहराएको छ ।
बाम्बी सन् १९४२ मा बनेको कार्टुन फिल्म हो । यसका निर्देशक डेविड ह्यान्ड थिए । यो फिल्म अष्ट्रेलियाली लेखक फेलिक्स सेल्टेनको किताब ‘बाम्बी– अ लाइफ इन द वुड्स’ मा आधारित थियो ।
डेविड सबैभन्दा धेरै मृगको शिकार गर्ने व्यक्तिः
जज रोबर्ट जर्जका अनुसार बेरीले डिसेम्बर २३ तारिखमा पहिलो पटक बाम्बी हेर्नुपर्नेछ । डेविडले महिना अन्त्य हुनुअघि यो फिल्म हेर्ने कुरामा निश्चित गर्नुपर्ने जज रोबर्टले बताएका छन् ।
डेविड बेरीलाई मिसौरीको इतिहासमा सबैभन्दा धेरै मृगको शिकार गर्ने व्यक्ति घोषणा गरिएको छ । अधिकारीका अनुसार उनले सयबढी मृगको शिकार गरेका छन् ।
लरेन्स काउन्टीका अटोर्नी डन ट्रोटरका अनुसार डेविड शिकारपछि मृगको टाउको लिएर जान्थे र शरिरलाई फ्याँकिदिन्थे ।
बेरीलाई हतियार सम्बन्धि कानून उल्लंघनमा पनि दोषी पाइयो जसका कारण उनले नजिकैको बार्टोन काउन्टीको जेलमा थप एक सय २० दिन बिताउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण