कपिलवस्तुमा ज्येष्ठ नागरिक पार्क निर्माण
कपिलवस्तु– यहाँका सरकारी निकाय तथा स्थानीयबासीको सहयोगमा कपिलवस्तु नगरपालिका सागरटोलमा ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । जिल्लाका बिभिन्न सरकारी निकायको सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी करिव १३ लाख बढिको लागतमा जिल्लामा पहिलो पटक ज्येष्ठ नागरिक पार्क निर्माण गरीएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।
वन कार्यालयको ८ लाख, सांसद बिश्रामप्रसाद थारुको संसदीय विकास कोषबाट १ लाख, जिबिसबाट २ लाख र नगरपालिकाबाट ढेड लाख रकमको सहयोगले पार्क निर्माण गरिएको निर्माण समितिका संयोजक माधव प्रसाद शर्माले बताए । सो पार्क निर्माणकालागी नगरपालिकाले ४ कठ्ठा जमिन समेत उपलब्ध गराएको थियो ।
वन कार्यालयको सहयोगमा पार्कमा पर्खाल तारबार, गेट निर्माण र फुलका बिरुवाहरु रोपीएको छ ।यस्तै पार्कमा धुपी, कार्टुन, जस्मिन, रेड हेज, ग्रीन हेज लगायतका फूलका बिरुवाहरु पनि रोपिनुका साथै रक्त चन्दन, रुद्राक्षको बिरुवाहरु समेत लगाइएको छ ।
सबैको सहयोग र मिहिनेतले पार्क निर्माण गर्न सफल भएको र पार्क भित्र बस्नका लागि छिट्टै सेड निर्माण गरी अझ ब्यवस्थीत र सुन्दरीकरण गर्दै लैजाने संयोजक शर्माले बताए । पार्क निर्माणमा सागरटोल बासीको समेत ठुलो सहयोग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण