कपिलवस्तुमा एक वर्षमा ७६ दुर्घटना, ६१ को मृत्यु
कपिलवस्तु – जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको हो ।
दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर बहादुर कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०७२ र ०७३ मा ६३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा ५४ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७३ र ०७४ मा १०५ वटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ट्रक ८ वटा, बस १३ वटा, जीप÷कार १५ वटा मोटरसाइकल १० वटा, ट्याक्टर १७ वटा गरी १०५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो अघिल्लो आर्थिक वर्ष भन्दा बढि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण