हिम पहिरोपछि ४० मिनेटसम्म बरफमा पुरिए बालक, जीवित देख्दा उद्धारकर्ताले भने ‘चमत्कार’
फ्रान्सको बोर्ज सेन्ट मोरिसमा आल्प्स पर्वत मालामा हिम पहिरोको क्रममा १२ वर्षका बालकलाई जीवित बचाइएको छ । ती बालक करिब ४० मिनेटसम्म बरफमा पुरिएका थिए । यति हुँदा हुँदै पनि उनी सुरक्षित रहे । उनलाई कुनै चोट लागेन । उद्धारकर्ताले यो घटनालाई चमत्कार बताएका छन् किनभने बरफमा पुरिएको १५ मिनेटपछि नै बाँच्ने आशा कम हुन्छ ।
उद्धारकार्यमा संलग्न क्याप्टेन प्याट्रिस रिब्सले यसलाई क्रिसमस पछिको उपहार बताएका छन् । उनले भने, ‘हामी यसलाई चमत्कार भन्छौं । क्रिसमसको भोलिपल्ट हामीले अर्को उपहार पाएका छौं ।’
स्काइङका लागि गएका थिए बालकः
पुलिसका अनुसार ला प्लाग्ने स्की रिसोर्टमा सात जनाको समूह स्काइङका लागि गएका थिए । यसमा १२ वर्षका बालक पनि समावेश थिए ।
हिम पहिराको क्रममा ती बालक तल खस्न थाले र एउटा ठूलो बरफको टुक्रा उनीमाथि खस्दा उनी हिउँमा पुरिएका थिए । अन्य सबै सुरक्षित थिए ।
पुलिसका अनुसार हिम पहिरोको क्रममा ती बालक करिब सय मिटर तल घिस्रिएका थिए । घटना दुई हजार चार सय मिटरको उचाइमा भयो । उद्दारकर्मी हेलिकोप्टरमार्फत घटनास्थल पुगे ।
ती बालकको खोजीमा कुकुरको प्रयोग गरिएको थियो । पुलिसका अनुसार बरफ पुरिँदा पनि हावाको बाटो बन्द नभएका कारण पनि बालक सुरक्षित भएको हुनसक्छ । ती बालक अहिले उपचारका लागि अस्पतालमा भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण