दुई युवतीले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक–अर्कासँग गरे विवाह
उत्तर प्रदेशको हमिरपुरका दुई महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक अर्कासँग विवाह गरेका छन् । विगत सात वर्षदेखि प्रेममा रहेका यी महिलाले आफ्नो इच्छा विपरित पुरुषसँग विवाह गरेका थिए । तर उनीहरुले एक–अर्कालाई बिर्सन सकेनन् ।
यद्यपी, उनीहरुको विवाह रजिस्ट्रारले दर्ता भने गरेनन् । समलिङ्गी विवाहबारे कुनै कानून नभएकाले उनीहरुको विवाह दर्ता नगरिएको उनले बताए ।
२१ र २६ वर्षे यी दुईले डिसेम्बर २९ तारिखमा आफ्नो विवाहले कानूनी र सामाजिक मान्यता पाउनुपर्ने भन्दै रजिस्ट्रारलाई निवेदन दिएका थिए । तीमध्ये २१ वर्षे युवती एक सन्तानकी आमा पनि हुन् ।
‘राथ पुलिस स्टेशन नजिकै बस्ने यी दुई महिला गत शुक्रबार मेरो अफिसमा आएर एकअर्कालाई माला लगाएर विवाह गरे,’ सह–रजिस्ट्रार रामकिशोर पालले भने ।
२१ वर्षे युवतीका वकिल दयाशंकर तिवारीले भने, ‘मेरी क्लाइन्ट परिषदीय विद्यालयका शिक्षककी छोरी हुन् र २६ वर्षे युवती एक मजदुरकी छोरी हुन् । दुबैले आफ्नो मर्जीले समलिङ्गी विवाह गरेका हुन् । उनीहरुले जिल्लाअधिकारीलाई सम्बोधन गरेर एक शपथपत्रमार्फत आफ्नो विवाहले कानूनी र सामाजिक मान्यता पाउने माग गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण