बेलायतकी महारानीले पार्सपोर्ट नबोक्ने कारणदेखि, पार्सपोर्टबारे दर्जनौं रोचक तथ्यहरु
बीबीसी । विदेश यात्राको लागि महत्वपूर्ण दस्तावेज हो, पासपोर्ट । केही मानिसहरुको लागि यो गाह्रोसँग प्राप्त हुने मुल्यवान दस्तावेज हो ।
पासपोर्ट विदेशयात्राको समयमा तपाईंको परिचयपत्र भएको हुनाले यसको सक्कलीपनामा निक्कै महत्व दिइन्छ ।
यात्रा गर्नको लागि हामीहरुलाई अत्यावश्यक दस्तावेजबारे विभिन्न रोचक तथ्यहरु छन् । पासपोर्टबारे एक दर्जन रोचक तथ्याङ्क यस्तो छ ः
१. फिनल्याण्ड र स्लोभेनियाको पासपोर्टमा हुन्छ चलायमान तस्बिर

यदी एयरपोर्टमा तपाईलाई बोर भयो भने र तपाईसँग फिनल्याण्ड वा स्लोभेनियाको पासपोर्ट छ भने तपाईं त्यसैबाट हल्का मनोरञ्जन गर्न सक्नुहुन्छ ।
तपाईंले पासपोर्टको पान्नाहरुको अगाडितर्फ हेर्नुभयो भने पृष्ठमुनि चलायमान तस्बिर देख्न सक्नुहुन्छ ।
२.ब्रिटिस महारानीलाई यसकारण आवश्यक पर्दैन पासपोर्ट

हुनतः महारानी एलिजाबेथ द्वितीयासँग पासपोर्ट राख्नुपर्ने आवश्यकता नै छैन् । तथापी उनीसँग एक गोप्य दस्तावेज हुने गर्छ ।
महारानीका दूत संसारभरी यी दस्तावेज पुर्याउन परिचालित छन् । यो दस्तावेज आफैँमा पासपोर्ट बराबर हुन्छ ।
यस्तो दस्तावेज १५ वटा मात्र रहेको बताइन्छ ।
३. बाइबलमा पनि पासपोर्टको उल्लेख, पासपोर्ट उल्लेख भएको पहिलो पुस्तक भएको विश्वास

पासपोर्ट सुरु भएको १०० वर्ष मात्र भएको होइन । बाइबलको नेहेमिया खण्डमा पासपोर्टको उल्लेख छ ।
त्यसमा पर्सियाका राजा आर्थरजेक्सीज प्रथमले एक अधिकारीलाई एक कागजात दिएको उल्लेख छ यसले उनलाई पुरै जूडियामा यात्रा गर्ने अधिकार दिन्थ्यो ।
४. प्रथम विश्वयुद्धपछि पासपार्टमा तस्बिरको चलन सुरु

एक जर्मन जासुसले नक्कली अमेरिकी पासपोर्टको प्रगोग गरेर ब्रिटेन प्रवेश गरेको घटना खुलेपछि प्रथम विश्वयुद्धपछि पासपोर्टमा तस्बिरलाई अनिवार्य बनाइयो ।
५. वजन कम भयो ? नयाँ पासपोर्ट बनाउनुस्

अमेरिकामा यदी तपाईंको वजन कम भयो वा धेरै भयो या यदी तपाईले अनुहारको सर्जरी गर्नुभयो भने या तपाईले अनुहारमा ट्याटु बनाउनु भयो वा हटाउनुभयो भने तपाईले नयाँ पासपोर्ट बनाउनुपर्छ ।
६. पहिले पासपोर्टको लागि पारिवारिक तस्बिरर पनि स्वीकारिन्थ्यो

तस्विर लगाउन थालेका सुरुवाती दिनमा पासपोर्टमा आफूलाई मनपर्ने जुनसुकै तस्बिर लगाउन पाइन्थ्यो । यहाँसम्म कि परिवारसँग खिचाइएको पारिवारिक तस्बिर पनि मान्य हुन्थ्यो ।
७.मिति सकिनु ६ महिनाअघि आफ्नो पासपोर्ट नविकरण गर्नु राम्रो

केही देशमा त्यहाँ प्रवेश गरेको ९० दिनसम्म तपाईको पासपोर्ट मान्य हुनुपर्ने नियम हुन्छ । यूरोपको अधिकाशं देशमा यो नियम लागु छ ।
तर सुरक्षाको हिसाबले तपाईले ६ महिनाको समयावधिको ख्याल गर्नु आवश्यक छ । चीन, इण्डोनेशिया, रुस, साउदी अरब र कयैन देशहरुमा यही नियम हुन्छ ।
यो नियम फिर्ता हुने समयमा कुनै खालको रोकतोक नहोस् भन्नको लागि बनाइएको हो ।
८. क्वीन्सल्याण्ड हुँदै अष्ट्रेलिया जानको लागि पासपोर्टको आवश्यकता पर्दैन

यदी तपाईं क्वीन्सल्याण्डको बाटो हुँदै अष्ट्रेलिया प्रवेश गरिरहनुभएको छ भने तपाईलाई पासपोर्टको आवश्यकता पर्दैन ।
तथापी यसको लागि केही सर्त छन् । यो नियम तब मात्र लागु हुन्छ जब तपाईं पपुआ न्यूगिनीका नौ विशेष गाँउमध्य कुनै एकको निवासी हुनुहुन्छ ।
पपुआ न्यूगिनी स्वतन्त्र भए हुदाँ गरिएको एक सन्धिले यहाँका मानिसहरुलाई अष्ट्रेलिया प्रवेशको विशेष सुविधा दिएको हो ।
९.भ्याटिकनको इमिग्रेसनमा नियन्त्रण छैन

भ्याटिकन सिटीसँग इमिग्रेसनको नियन्त्रण छैन । यो नियन्त्रण पोपसँग छ, जो पासपोर्ट नम्बर १ अधिकारी हुन्छन् ।
१०.अमेरिकाका ६०% भन्दा बढी जनतासँग पासपोर्ट छैन

अमेरिकी विदेश विभागका अनुसार अमेरिकामा लगभग ३२ करोड नागरिक छन्, जसमध्य लगभग १२ करोड नागरिकहरुसँग मात्र पासपोर्ट छ ।
यसको मतलब त्यहाँका ६० प्रतिशतभन्दा बढी नागरिकहरुसँग पासपोर्ट छैन ।
११. पासपोर्ट बिक्री हुने देश

टोंगामा कुनै समय २० हजार डलरको मुल्यमा पासपोर्ट बेचिन्थ्यो ।
यस पोलिनेशियाली देशका दिवंगत राजा तौफा आहातुपु चौथोले देशको आम्दानी बढाउनको लागि गैर–नागरिकहरुको लागि टोंगाको पासपोर्ट बेच्ने व्यवस्था गरेका थिए ।
१२. यो देशको पासपोर्ट हो संसारको सर्वाधिक सुरक्षित पासपोर्ट

निकारागुआको पासपार्टमा सुरक्षाको ८९ विशेषताहरु छन् यसमा होलोग्राम र वाटरमार्क पनि सामेल छ ।
यसको नजिता स्वरुपमा यसलाई संसारको सबैभन्दा सुरक्षित पासपोर्ट मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण