कलर्सले ल्यायो नयाँ प्राइड ५ एक्स, यस्ता छन् विशेषता
काठमाडौं– लक्की ग्रुपको आँगिक कम्पनी टेलिटकले कलर्स प्राइड ५ एक्स मोबाइल सेट बजारमा प्रस्तुत गरेको छ । कलर्स प्राइड ५ एक्सको विशेषता भनेकै प्रारम्भिक स्मार्ट फोनमा पछाडी डुअल रियर क्यामरा जडान गरिएको पहिलो मोबाइल सेट होे ।
त्यसका साथै जीवनलाई स्मार्ट फोनको दुनियाँमा अविश्वसनीय अनुभव प्रदान गर्ने कला र प्रविधिको संयोजन गरिनु र थप विशेषताको रुपमा फेस अनलक रहेको छ । कलर्सले सुलभ मूल्यको समूहमा डुअल रियर क्यामरा भएको कलर्स प्राइड ५ एक्ससँगै स्मार्ट फोनको फोटोग्राफिमा एक नयाँ महत्वाकाँक्षा पनि थपिदिएको कम्पनीले दावी गरेको छ ।
प्राइड ५ एक्सको माध्यमबाट कलर्सले मध्यम खालको स्मार्टफोनमा रुचि राख्नेहरुलाई प्रोफेसनल गुणस्तरयुक्त फोटोहरु खिच्न साँच्चिकै सजिलो सुविधाजनक अनुभव दिलाएको छ । ‘हामी उत्कृष्ट स्मार्टफोनको अनुभूति प्रदान गर्नलाई निरन्तर रुपमा केन्द्रित रहँदै मध्यम खालको मूल्यका विश्वस्तरीय मोबाइलहरु उपलब्ध गराउन सदैव जुटिरहेका छौं । टेलिटकका प्रबन्ध निर्देशक प्रतिक जलानले भने । उनले थपे ‘हामीले बजारमा ल्याएको नयाँ कलर्स प्राइड ५ एक्स सिरिज पनि हाम्रो प्राइड सिरिजकै हिस्सा हो ।
कलर्स प्राइड ५ एक्समा डुअल रियर क्यामरा राखिनु एक नौलो उपलब्धि हो र बुके र ब्युटि मोडयुक्त अत्याधुनिक डुअल रियर क्यामराको सहायताले आजका अत्यन्त सिर्जनशील उपभोक्ताहरुले आफ्नो सिर्जनालाई खास रुपमा प्रस्तुत गर्न र दुनियाँ सामू देखाउन सक्नेछन् । ’
कलर्स प्राइड ५ एक्स १२८ जिबीसम्म वृद्धि गर्न सकिने २ जिबी÷१६ जिबी मेमोरी, फेस अनलक, फिङगरप्रिन्ट सेन्सर, दोहोरो फोर जि र डुअल रियर क्यामरा छन् । जसबाट कलर्स प्राइड ५ एक्सले आफ्ना आदरणीय ग्राहकहरुमाझ सर्वश्रेष्ठ विशेषताहरु प्रस्तुत गर्नमा कुनै कसर बाँकी राखेको छैन । कलर्स प्राइड ५ एक्सको बजार मुल्य ११ हजार ९ सय ९९ कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
-
नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण