गायनमा फेरि अर्काे प्रतियोगिता ‘काराओके आइकन’
काठमाडौं – रेक्स् फेसन होमले मौलिक गायनको बेग्लै प्रतियोगिता ‘काराओके आईकन २०७५’ गर्ने भएको छ ।
बेग्लै सोच र फरक शैलीबाट यो प्रतियोगतिा गर्न लागेको आयोजकले जनाएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले ‘काराओके आईकन’सँगै सौदर्य प्रतियोगीता ‘मिस एस.ई.ई.आइकन २०७५’ गर्न लागेको जानकारी दियो ।
संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कामय गर्न ‘काराओके आइकन’ गर्न लागेको आयोजक संस्थाका प्रवन्ध–निर्देशक खगेश रंजितकारले बताए ।
आगामी फाल्गुण महिनाको अन्तिम साताबाट यो प्रतियोगतिा सुरु हुनेछ । मिस एस.ई.ई.आइकन २०७५ भने नयाँ बर्ष २०७६ मात्र सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक भीम तुलाधर, बुनु राई मानन्धर, मिस नेवा दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी लगायतले कार्यक्रमको आवश्यकता र महत्वको बिषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण