‘नेपाल लिक्स’ प्रति डा. उपेन्द्र महतोको आपत्ति, ‘भाईबहिनी को नाम जोडिएकोमा दुःख लाग्यो’

काठमाडा– ‘नेपाल लिक्स’ प्रति डा. उपेन्द्र महतोले आपत्ति जनाएका छन् ।
डा. महतोले आज एक विज्ञप्ती जारी गर्दै खोज पत्रकारिता केन्द्रको अनुसन्धानको आधारमा भनेर सार्वजनिक भएका बिभिन्न सामाग्रीमा गैरकानूनी काम गरेको ढंगले आफ्नो समेत नाम आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले आफू व्यापार–व्यवसायमा संलग्न रहेको हुँदा नेपालबाहेक विभिन्न देशमा आफ्नो व्यवसायिक प्रतिष्ठानहरु र तदनुरुपका लगानी भएको स्विकार गरेका छन् । आफू अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा संलग्न भएको बताउँदै महतोले भाई डा. विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम अनावश्यक रुपमा जोडिदिँदा दुःख लागेको बताएका छन् ।
उने भनेका छन्, ‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु । मैले नेपालमा जे÷जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनैपनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन् ।’
उनले विगत धेरै वर्षदेखि अन्य विदेशी लगानीकर्ताहरुलाई समेत आमन्त्रित गरेर मुलुकका विभिन्न स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको बताएका छन् ।
डा. महतोले आफू करिव चार दशकदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको र विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र त्यसको समृद्धिमा आ–आफ्नो क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले संचालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गरेको बताएका छन् ।
सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्य पनि पाएको पनि विज्ञप्तीमा जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?