मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : फेरि कालोपत्रे गर्न बाध्य भए ठेकेदार

शनिबार, १४ साउन २०७४, १२ : ४६
शनिबार, १४ साउन २०७४

कपिलवस्तु –कपिलवस्तुको वाणगंगा ९ पडरिया टोलमा गरिएको गुणस्तरहीन कालोपत्रे पुनः गरिएको छ । रातोपाटीमार्फत गुणस्तरहीन काम भएकोबारेको समाचार सार्वजनिक भएसँगै बाध्य भएर ठेकेदार रेशम वहादुर केसीले पुन कालोपत्रे गरेका हुन् । 

पडरियाको १ सय पचास मिटर सडक कालोपत्रे गर्ने क्रममा ठेकदारले लापरबाही गर्दा सडक पूरै सेताप्मे देखिएको थियो । सोहिबारे रातोपाटीमा यहि साउन ८ गते समाचार प्रकाशित भएसंगै त्यसको चौतर्फी विरोध विरोध भएपछि केसीले सो सडक पुनः सिलकोट (क्रेसरको वालुवा घोटेर वनाइने धुलो) विछ्याई कालो पत्रे गरेका हुन् । 

यसअघि कालोपत्रे गरिँदा अन्तिममा विछ्याइने सिलकोट बिछ्याइएको थिएन।  उपभोक्ता समिति मार्फत केसीलाई ४ लाख ४० हजारमा उक्त ठेक्का दिइएको थियो । 
उपभोक्ता समितिबम अध्यक्ष छत्र वहादुर ओलीले समाचारपछि चौतर्फी आलोचना भएको र भुक्तानी पनि रोकिदिएपछि ठेकेदार पुन कालोपत्रे गर्न बाध्य भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप