कपिलबस्तुमा छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला
कपिलवस्तु –छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिदै आएको बताईन ।
गर्भवती अवस्थामा रहदै छोरी जन्माए परिवारलाई बोझ हुने भन्दै श्रीमान र ससुराले मानसिक यातना दिँदै आएको उनको भनाई छ । उनका श्रीमानका ६ दिदिबहिनी रहेका छन् ।
यहि साउन ११ गते श्रीमान र ससुरा दुवै मिलि आफूलाई निर्घात कुटपिट गरी घर बाट निकालेको र तीन महिने छोरीलाई समेत आफूँंग ल्याउन नदिएको उनले गुनासो गरिन् ।
कुटपिट बाट घाईते भएकी उनलाई भैरहवा मेडिकल कलेजमा उपचार गराई माईतीमा लगिएको छ ।
सविनाकी आमा सायरा पठानले छोरीले बारम्वार यातना सहनु परेको भन्दै न्याय दिलाइदिन सरोकारवालासँग आग्रह गरेकी छिन् । जिप्रपामा उजुरी समेत पीडित पक्षले हालिसकेको छ ।
११ लाख ५० हजार भारतीय मूल्यको महिन्द्रा गाडि दाईजो दिएर छोरीको विवाह गरिदिएको स्मरण गर्दै आमा सायराले त्यहि दाईजो पनि कम भएको भनेर सुरु देखि नै पटक—पटक छोरीलाई यातना दिंदै आएको बताइन् ।
उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले भने दुवै पक्षबाट उजुरी परेको र थप अनुसन्धान पछि मात्र सत्यतथ्य सार्वजनिक गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण